डेंगुले चुड्यो चाँदनीलाई
लमजुङ | कात्तिक १६, २०७९
लमजुङ : लमजुङस्थित रेडियो भोटेवडारमा कार्यरत पत्रकार चाँदनी अधिकारकिो निधन भएको छ ।
डेंगी संक्रमणबाट लमजुङकी २३ वर्षीय पत्रकार चाँदनी अधिकारीको निधन भएको हो । । उनी रेडियो भोटेओडारको समाचार शाखामा कार्यरत थिइन् ।
बेशीसहरको मोडल अस्पतालमा उपचार गराइरहेकी उनलाई मंगलबार थप उपचारका लागि चितवनको मेडिकल कलेज लगिएको थियो।
उनको आज बिहान ६ः३० बजे उनको निधन भएको अस्पताललाई उद्धृत गर्दै नेपाल पत्रकार महासंघ लमजुङ शाखाले शोक विज्ञप्ति निकालेर जनाएको छ।
अध्यक्ष परमेश्वर अधिकारी र सचिव रूद्रहरि ढकालले निकालेको शोक विज्ञप्तिमा अधिकारीको निधनले लमजुङको पत्रकारिता क्षेत्रले आशालाग्दो, जुझारू पत्रकार गुमाएको उल्लेख छ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

